बेलायतको संसदले चीनको उइगुर हिरासत शिविरको छानबिन गर्ने

विश्व

       

लन्डन । बेलायतको संसदले चीनको सिन्जियाङमा प्रान्तमास्थित उइगुरहरु रहेको हिरासत तथा शिविरको छानबिनका लागि नयाँ संसदीय अनुसन्धान सुरु गरेको छ । चीनको उक्त हिरासत शिविरलाई यातना शिविर पनि भन्‍ने गरिन्छ । उइगुर मुस्लिम र अन्य जातीय अल्पसंख्यक समूहलाई ति हिरासतमा राखिएको छ ।

अधिकारीवादी समूहहरूले उइगरमाथि मानवता र नरसंहार भइरहेको बताएका छन् । उक्त शिविरमा १० लाखभन्दा बढी मानिसहरुलाई राखिएको छ । जसलाई चीनले पुनः शिक्षा केन्द्रहरू भनेर भन्‍ने गरेको छ । त्यहाँका समुदायहरुलाई जबरजस्ती श्रममा प्रयोग गर्ने गरिएको छ ।

हाउस अफ कमन्सको प्रभावशाली विदेश मामिला समितिले घोषित अनुसन्धानमा बेलायत सरकारले बेलायती कम्पनीहरूलाई सिन्जियाङमा जबरजस्ती श्रमबाट फाइदा लिनबाट रोक्न सक्ने, उइगर प्रवासीलाई सहयोग पु¥याउने र विदेशमा अत्याचार निवारण संयन्त्रलाई अझ सुदृढ पार्न सक्ने तरिकाहरूको बारेमा छलफल गरिने जनाएको छ ।

समितिका अध्यक्ष टम तुगेनधाट (कन्जर्भेटिभ) ले भने, ‘सिन्जियाङमा उइगुरहरुको सामूहिक हिरासतमा राखेको दृश्‍य सन् १९३० को दशक पछिको भयावह प्रतिध्वनी हो । त्यसबेलादेखि यस्तै अत्याचार भइरहेका छन् र प्रत्येक चोटी विश्वले यस किसिमको उल्लंघन फेरि हुन नदिने प्रतिज्ञा गरेको छ ।’

उनले भने, कमिटीले सरकारले निजी क्षेत्रका कम्पनीहरूलाई मानवअधिकार उल्लंघनमा योगदान दिन निरुत्साहित गर्न कस्ता संयन्त्रहरू प्रयोग गर्न सक्छ भनेर पनि हेर्नेछ ।

समितिले बेलायतले कसरी संयुक्त राष्ट्रिय मानव अधिकार परिषद र नरसंहार सम्मेलन जस्ता संगठनहरू र सम्झौताहरू प्रयोग गरेर चीनलाई अझ बढी मानवअधिकार अभ्यासमा प्रभाव पार्न सक्छ र बेलायतले कसरी अन्य देशहरूमा आफ्नो प्रभाव प्रयोग गर्न सक्छ भन्ने जस्ता विषयहरूमा लिखित प्रमाणको लागि आह्वान गरेको छ । सांसदहरुको ११ सदस्यीय समितिले कन्जर्भेटिभका छ, लेबरबाट चार र स्कटल्याण्ड नेश्नल पार्टीको एक जनालाई सम्मिलित छन् ।

तपाईको प्रतिक्रिया