बंगलादेशलाई चिनियाँ रेलको टाउको दुखाई

विश्व

       

काठमाडौं । चिनियाँ रेलले बंगलादेशलाई टाउको दुखाईको विषय बनेको छ । बंगलादेश रेलवेले छोटो दूरीमा यात्रुहरूको लागि छिटो र आरामदायी यात्रा सुनिश्चित गर्न चीनबाट ल्याइएका ‘डेमु ट्रेन’ मार्फत सेवा सुरू ग¥यो । तर यी रेलहरू अब रेल डिभिजनको लागि बोझ बनेका छन् ।

रेल अधिकारीका अनुसार यी डेमु ट्रेनले विगत पाँच वर्षमा १९.४० करोड कमाइ गरे भने यी रेलहरुको खर्च २५ करोड पुगेको छ । आम्दानीभन्दा डेढ गुणा खर्च भएपछि बंगलादेशलाई चिनियाँ रेल टाउको दुखाइको विषय बनेका हुन् ।

बंगलादेश रेल्वे विभागका अनुसार चीनबाट ल्याइएको डिजेल इलेक्ट्रिक मल्टिपल एकाई (डेमू) का आधा भन्दा बढी ट्रेनहरू प्राविधिक ग्लिचका कारण काम नलाग्‍ने अवस्थामा पुगेका छन् । त्यस्ता रेलहरु मर्मत गर्न बंगलादेशको प्राविधिक क्षमता नभएको बंगलादेश रेलवे विभागले जनाएको छ ।

डेमू ट्रेनहरू पाँच वर्ष पहिले मात्र चीनबाट ल्याइएको थियो र रेल इञ्जिनियरहरुले अब यी ट्रेनहरुलाई धान्‍न सक्ने अवस्था नभएको बताएका छन् ।

बंगलादेश रेल्वे इञ्जिनियरिङ विभागले डेमु ट्रेनहरू प्रायः जाडोमा प्रयोग गरिन्छ र तिनीहरू यात्रुहरूलाई छोटो दूरीमा लैजान सक्षम छन् । यद्यपि डेमू रेल छिटो र हल्का यात्राका लागि विदेशमा लोकप्रिय भए पनि बंगलादेशका लागि यो निकै खर्चिलो र धान्‍न नसक्‍ने अवस्था भएको बताएको छ ।

तपाईको प्रतिक्रिया