पर्सामा थप २४ जनामा कोरोना संक्रमण

समाचार

       

वीरगन्ज, १४ असोज । पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

१९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका १ महिलासहित २४ जना र बाराका १ जना गरी २५ जनामा संक्रमण भेटिएको हो ।

पर्सामा थपिएका २४ जनामध्ये वीरगन्ज महानगरपालिका ३२ का ८ जना, वडा नम्बर २१ का ५ जना र कालिकामाई गाउँपालिकाका ५ जना रहेका छन् । त्यसैगरी वीरगन्ज महानगरपालिकाकै २९ का २ जना, १५ र १६ का १र१ जना, ठोरी गाउँपालिका ५ सुवर्णपुरका १ जना र वीरगन्जको एभरेष्ट बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि संक्रमण भेटिएको प्रवक्ता चौरसीयाले जानकारी दिए ।

यस्तै बाराको महागढीमाई नगरपालिका ७ का एकजनामा पनि कोरोना संक्रमण भेटिएको डाक्टर चौरसियाले बताए । २४ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या २ हजार ७ सय ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया