अतिक्रमित नेपाली भूमि चीनकै भन्ने सरकारी अभिव्यक्तिप्रति कांग्रेस उपसभापति निधिको आपत्ति

समाचार

       

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको बिषयमा छानवीन नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।

हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दावीको बेवास्ता गर्दै सरकारका तर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको उपसभापति निधिको भनाई छ ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको बिषयमा विवाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि निधिले आपत्ति जनाए ।

उनले चिनियाँ शासन व्यवस्था अबलम्बन गर्नका लागि राजदूत नपठाएको जिकिर गरे । निधिको प्रश्न थियो, ‘जननिर्वाचित संविधानसभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो ?’

शहीद स्मृति प्रतिष्ठानद्वारा आयोजित शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश बिषयक जुम बैठकलाई सम्बोधन गर्दै निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण बर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए ।

तपाईको प्रतिक्रिया