भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

विश्व

       

नयाँ दिल्ली । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनको कोरोना पोजेटिभ देखिएको छ । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ ।

तपाईको प्रतिक्रिया