भारतमा स्कुल तथा कलेज खोल्न केन्द्र सरकारको अनुमति

विश्व

       

काठमाडौं । कोरोनाका कारण मार्चबाट बन्द रहेका स्कुल तथा कलेज खोल्न भारतको केन्द्र सरकारले अनुमति दिएको छ । अनलक—५ अन्तरगत केन्द्र सरकारले लकडाउन थप खुकुलो गर्दै स्कुलक तथा कलेज यही अक्टुबर १५ बाट खोल्ने अनुमति दिएको हो ।

यद्यपि खोल्ने नखोल्ने अन्तिम निर्णयको अधिकार केन्द्र सरकारले राज्य सरकार र सम्बन्धित संस्थालाई दिएको छ । केन्द्र सरकारले अझै पनि अनलाइन र दूरी शिक्षलाई नै प्राथमिकता र प्रोत्साहन दिइने जनाएको छ ।

यसैबीच, भारतमा सिनेमा हल खोल्न पनि केन्द्र सरकारले अनुमति दिएको छ । अक्टोबर १५ बाट भारतमा सिनेमा हल खोल्ने अनुमति सरकारले दिएको हो ।

सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्ने अनुमति संघीय सरकारले दिएको हो । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै हल खोल्ने अनुमति दिएको हो ।

भारतले स्कुल तथा कलेज खोल्ने अनुमति दिए पनि त्यहाँ कोरोनाको जोखिम भने कम भएको छैन । दैनिक ८० हजारभन्दा माथि कोरोना संक्रमित थपिरहेका छन् भने हजारको सेरोफेरोमा संक्रमितको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया