नक्कली इन्स्पेक्टर पक्राउ

समाचार

       

वीरगञ्ज, १५ असोज । आफूलाई प्रहरी निरीक्षक भन्दै पैसा असुली गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षिय दिव्यप्रकाश चतुर्वेदी रहेका छन् । चतुर्वेदीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने अनन्त खतिवडासँग आफू जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चको प्रहरी निरीक्षक भएको बताउँदै हप्काएर पैसा मागेको प्रहरीले जनाएको छ ।

खतिवडाले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराएपछि प्रहरीले चतुर्वेदीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चर्तुवेदीलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया