घुससहित एकजना पक्राउ

समाचार

       

जनकपुरधाम, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट घुससहित एक कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का कार्यालय सहयोगी दिलिप पञ्जियारले नागरिकता सिफारीसका लागि २४ हजार घुस मागेकोमा घुससहित पक्राउ परेको आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

कार्यालय सहयोगी पञ्जियारले आफू वडा सचिव रहेको भन्दै सेवाग्राहीसँग २४ हजार घुस मागेकोमा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया