प्रहरी हिरासतमा रौतहटमा फेरि एक जनाको मृत्यु

समाचार

       

रौतहट, १५ असोज । प्रहरी हिरासतमा रौतहटमा फेरि एक जनाको मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको बिहीबार मृत्यु भएको हो ।

गुजरा नगरपालिका–२ कटानीटोलकी राधिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी उनी प्रहरीको महिला सेल हिरासतमा मृत्यु भएको हो ।

महिला सेलका सुरक्षाकर्मीले राउतलाई मृत अवस्थामा फेला पारेका बताएका छन् । कटानी बजारका एक युवकसँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले फेला पारी वडाध्यक्षको रोहवरमा प्रहरीको जिम्मा लगाएका थिए । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको पनि डिएसपी भरत श्रेष्ठले बताए । यसअघि गरुडा नगरपालिका–८ का निरन्जन रामको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडा प्रहरी हिरासत मै मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया