अंग दान गर्ने अमिताभ बच्चनको प्रतिज्ञा

विश्व

       

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले अंग दान गर्ने प्रतिज्ञा गरेका छन् । उनले सामाजिक सञ्‍जाल ट्विटरमा आफ्नो एक तस्बिर सेयर गर्दै अंग दान दिने वचन दिएका हुन् ।

तस्बिर सेयर गर्दै बच्चनले लेखेका छन्, ‘टी ३६७५ म प्रतिज्ञा गरिएको अंग दाता हुँ । यसको प्रतीकका रुपमा मैले हरियो रिबन लगाएको छु ।’ अंग दान गर्ने वाचा स्वरुप र एक अंग दाताको चिनारी स्वरुप उनले आफ्नो कोटको दायाँपट्टि एउटा सानो हरियो रिबन लगाएका हुन् ।

यस्तै उनले अर्को ट्विटमा लेखेका छन्, ‘पुर्खाहरुको पूर्तिमा... उहाँहरुको जीवनकालको सम्झना स्वरुप, हामीलाई आजको दिन प्रदान गरेकामा... उहाँहरुको सम्मान गछौं । उहाँहरुको आशीर्वाद सधैं हाम्रो साथमा रहोस । होइन... योगदान कहिले थाहा भएन... उहाँहरुलाई थाहा छ र रहनेछ ।’

तपाईको प्रतिक्रिया