भूमि मिचेकोविरूद्ध सुर्खेत र बर्दियामा प्रदर्शन

समाचार

       

काठमाडौं, १५ असोज । नेपाली भूमि मिचेको भन्दै सुर्खेत र बर्दियामा चीन विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाहरूको एक समूहले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गरेको हो ।

उक्त समुहको अगुवाइमा पुगेका युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाए । त्यस्तै युवाहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दैन भन्दै चीनविरूद्द आक्रोश समेत पोखे ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो । नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पु¥याएको छन् ।

तपाईको प्रतिक्रिया