प्रदेश २ मा कोरोनाबाट थप दुईको मृत्यु

समाचार

       

जनकपुरधाम, १५ असोज । प्रदेश २ मा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट सप्तरीको अग्निसाई कृष्णासवरन नगरपालिका ४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै सर्लाहीको वरहथवा नगरपालिका ६ का ६६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यो सँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

यस्तै प्रदेश २ मा ५ सय ९७ जना संक्रमित कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा ५०९ जना पुरुष र ८८ जना महिला छन् ।

तपाईको प्रतिक्रिया