बलिउड निर्देशक अनिल देवगनको निधन

विश्व

       

मुम्बई । बलिउड अभिनेता अजय देवगनका भाइ तथा हिन्दी फिल्मका निर्देशक अनिल देवगनको निधन भएको छ । ४५ वर्षीय अनिलको हृदयघातका कारण मृत्यु भएको हो । अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल–ए–दिल’को निर्देशन गरेका थिए ।

अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए । अजय अभिनित ‘जान’, ‘इतिहास’ र ’प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको निधन भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया