मुस्लिम धर्मगुरुद्वारा पाकिस्तानी प्रधानमन्त्रीको निन्दा

विश्व

       

इस्लामावाद । जमीअत उलेमा–इस्लामका अध्यक्ष मौलाना फजल–उर–रहमानले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्को निन्दा गरेका छन् । उनले पाकिस्तान सरकारले झूटा आरोपमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइरहेको बताएका छन् ।

विश्व समाचारका अनुसार राष्ट्रिय अकाउन्टिबिलिटी ब्युरो (एनएबी) ले यसअघि सम्पत्ति अधिग्रहण सम्बन्धी अनुसन्धानमा रहमानलाई छानबिनका लागि नियन्त्रणमा लिएको थियो ।

एक सभालाई सम्बोधन गर्दै रहमानले पाकिस्तान सरकारको संघीय कार्यकारी एजेन्सी एनएबीले समानान्तर सरकार चलाउन खोजेको आरोप समेत लगाएका छन् ।

पाकिस्तानी नेतृत्वलाई अमेरिकाको कठपुतली भनेर सम्बोधन गर्दै उनले भने, ‘पाकिस्तान मेरो घर हो । म तिमीलाई पाकिस्तानको उत्तराधिकारी मान्दिन । म स्वतन्त्र मानिस हुँ । हामी झगडा गर्दैनौं, तर अगाडि बढ्नु अघि होशियार भई सोचौं ।’

तपाईको प्रतिक्रिया