राष्ट्रसंघमा ३९ मुलुकद्वारा चीनको आलोचना

विश्व

       

काठमाडौं । सिन्झियाङ, हङकङ र तिब्बतमा मानव अधिकारको स्थितिलाई लिएर संयुक्त राष्ट्रसंघमा चीन र पश्चिमा मुलुकबीच शक्ति प्रदर्शन भएको छ ।

मानव अधिकारका विषयमा संयुक्त राष्ट्रसंघमा मंगलबार भएको बैठकमा जर्मनी, अमेरिका, बेलायतसहितका ३९ मुलुकले चीनको चर्को आलोचना गरे । त्यसको जवाफमा विभिन्न समूहमा झण्डै ७० मुलुकले चीनको समर्थनमा वक्तव्य दिएका छन् ।

‘सिन्झियाङमा मानव अधिकारको स्थिति र हङकङमा विकसित घटनाक्रमबाट हामी निकै चिन्तित भएका छौँ,’ राष्ट्रसंघका लागि जर्मनीका राजदूत क्रिस्टोफ होयस्गेनले भने ।

उनले राष्ट्रसंघीय पर्यवेक्षकलाई सिन्झियाङमा तत्काल पहुँच दिन आह्वान गरे । पश्चिमा मुलुकहरुले सिन्झियाङमा कम्तीमा १० लाख मानिसलाई चीनले बन्दी बनाएको आरोप लगाउँदै आएका छन् ।

चीनले भने सो आरोप निराधार भएको बताउँदै आएको छ । त्यहाँ निर्मित शिविरहरु सीपमूलक तालिमकेन्द्र भएको चीनको भनाइ छ ।

तपाईको प्रतिक्रिया