पाकिस्तानको उत्पीडन सहिरहेको बलुचिस्तानका लागि आवाज उठाउन विश्व समुदायलाई आग्रह

विश्व

       

काठमाडौं । सन् १९४८ को मार्च २७ देखि बलुचिस्तानका स्थानियहरुविरुद्ध पाकिस्तानले अत्याचार र उत्पीडन गर्दै आएको आरोप बलुच अधिकारकर्मीहरुले लगाउँदै आएका छन् । पाकिस्तानले बलुचिस्तानलाई जबरजस्ती कब्जा गरेदेखि त्यहाकाँ नागरिकहरुले अधिकारका लागि आवाज उठाउन नसक्दा विश्वको आँखाबाट बलुचिस्तान ओझेलमा पर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघले समेत बलुचिस्तानका नागरिहरुमाथिको उत्पीडनका बारेमा पहल गर्न सकेको छैन् । पाकिस्तानी सैनिकले बलुचिस्तानमा मानवजातीविरुद्ध घातक शोषण र दमन गरेपनि त्यहाँ विश्वलाई छिर्न नदिन विश्व शक्तिको सेवामा पाकिस्तान लागि परेको अधिकारकर्मीहरुको गुनासो छ ।

मानवअधिकारका लागि कुनै पनि किसिमको कदम नचाल्ने राष्ट्रका पीडितहरुको पीडा सहने बानी विश्व समुदायलाई भइसकेको त्यहाँका अधिकारकर्मीहरुको दुखेसो छ ।

विश्वको सबै आवाजहरुको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसंघले समेत जबरजस्ती वेपत्ता गर्ने, अपहरण गर्ने एवं शोषणमा पारेका बलोचका नागरिकहरुका हकमा कुनै किसिमको उल्लेख्य काम गर्न नसकेको टिप्पणी हुँदै आएको छ । यसोहुँदा पाकिस्तानलाई बलुचिस्तानमा मानवताविरोधी घटनाहरुलाई निरन्तरता दिन झनै प्रोत्साहन थपिँदै आएको छ ।

बलुचिस्तानमा पाकिस्तानी मानवअधिकार विरोधी घटनाहरु गोप्य भने छैनन्, किनकी त्यहाँको सर्वोच्च अदालतले समेत प्रधानमन्त्री, खुफिया एजेन्सीहरु, सेना फ्रन्टियर फोर्सद्वारा भएका मानवधिकार उल्लंघन र हत्या, बलात्कार एवं अपरहणजस्ता घटनाहरुमाथि शोक व्यक्त गर्छ ।

संयुक्त राष्ट्रसंघको एक समुह जबरजस्ती वेपत्ता पारिएकाहरुको लागि काम गर्न आएका बेला, पाकिस्तानले घटना लुकाउन वेपत्ता पारि क्रुर हत्या भएकाहरुको शव व्यवस्थापन गरिदिने गरेको छ ।

पाकिस्तानले अर्का पटक यहाँ बलात्कार, हत्या, जबरजस्ती वेपत्ताजस्ता घटनाहरुको विषयमा अनुसन्धान गर्न कोही नओस र घटना निरन्तर भइरहन सकोस भनेर यस्तो प्रपञ्च गरेको बलुच अधिकारकर्मीहरुको भनाई छ ।

विश्व र संयुक्त राष्ट्र संघले बालोचका मानिसहरु विरुद्ध भइरहेको अत्याचारको विषयलाई बेवास्ता गरिरह्यो भने पाकिस्तानले गरेको नरसंहारमा सहभागी हुनु सरह हुने अधिकारकर्मीहरु बताउँछन् ।

विगत १० वर्षदेखि बलुचिस्तानमा शान्त विरोध प्रदर्शन हुँदै आएको छ । त्यहाँका नागरिकहरुले पाकिस्तानी सरकारी एजेन्सीहरु एवं सेनाहरुबाट जबरजस्ती अपहरणमा पारिएका र हत्या भएकाहरुका लागि न्याय माग्दै प्रदर्शन गर्दै आएका छन् । हालसम्म बलुचिस्तानबाट ४० हजार राजनीतिक एवं सामाजिक कार्यकर्ताहरु अपहरित भएका छन् भने विगगतका वर्षहरुमा हजारौंको हत्या भइसकेको छ ।

यो क्षेत्रमा पाकिस्तानले अन्तर्राष्ट्रिय मानवधिकार संघसंगठनहरुलाई प्रवेश गर्न दिएको छैन् । त्यसकारण बलोचहरुमाथि अन्तराष्ट्रियस्तरमा कुनै सहयोग हुन सकेको छैन्। अहिले स्थानिय अधिकारकर्मीहरुले संसारका सभ्य तथा लोकतान्त्रिक देशहरुलाई आफनो माग सुनिदिन आग्रह गरेका छन् । उनीहरुले बलुचिस्तानमा भइरहेको उत्पिडनविरुद्ध आवाज उठाइदिन र कम्तिमा बाँच्न पाउँने अधिकार दिलाइदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया