अफगानिस्तानलाई विगतमा दुःख दिएको पाकिस्तानद्वारा स्वीकार

विश्व

       

इस्लामावाद । अफगानिस्तानलाई विगतमा आफ्नो नेतृत्वले दुख दिएर गल्ती गरेको पाकिस्तानले स्वीकार गरेको छ । उक्त गल्तीहरु आगामी दिनमा नदोहो¥याउनेसमेत पाकिस्तानले जनाएको छ ।

तोलो न्युजका अनुसार अफगानिस्तानका राष्ट्रिय मेलमिलाप काउन्सिल (एचसीएनआर)का अध्यक्ष अब्दुल्ला अब्दुल्लाको नेतृत्वमा अफगानिस्तानी प्रतिनिधिमण्डल पाकिस्तान पठाएको थियो ।

पाकिस्तान आएका राष्ट्रपति घनीका विशेष दूत मोहम्मद उमर दौडजईले इस्लामावादले अफगानिस्तानमा युद्धविरामबारे स्पष्ट अडान भने नराखेको बताए ।

‘पाकिस्तानी राष्ट्रपतिले आफ्नो धारणा राखे र उनको भनाइमा विगतमा गल्ती भएको थियो र हामी उनलाई फेरि दोहो¥याउँदैनौं’ । शान्ति प्राथमिकता हो र अफगानिस्तानमा शान्ति भनेको पाकिस्तानको शान्ति हो । अफगानिस्तानमा सुरक्षा भनेको पाकिस्तानको सुरक्षा हो,’ दौडजईले बताए ।

तपाईको प्रतिक्रिया