लकडाउनपछि खुल्ने सिनेमा हलमा नरेन्द्र मोदीको पहिलो फिल्म चल्ने

विश्व

       

काठमाडौं । यसपटक भारतका सिनेमा घरमा लकडाउनपछि चल्ने पहिलो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म हुने हुनेछ ।

गत वर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो । अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइने छ । यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन ।

पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन। फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ । बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायले फिल्ममा अलग अलग नौं भूमिका निभाएका छन ।

तपाईको प्रतिक्रिया