चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको छ : अमेरिका

विश्व

       

काठमाडौँ । चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन् ।

क्वाड समूहका रूपमा परिचित अमेरिका, जापान, भारत र अस्ट्रेलियका विदेशमन्त्रीबीच गत मंगलबार जापानको टोकियोमा भेटवार्ता भएको थियो । त्यसबेला पनि अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनको ‘दादागिरी’विरुद्ध एक हुन आफ्ना समकक्षीलाई आग्रह गरेका थिए ।

त्यहाँबाट फर्किएपछि आयोजित साक्षात्कारमा पोम्पिओले भारतको उत्तरी सीमामा चीनले ६० हजार सैनिक तैनाथ गरेको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

द गाइ बेन्सन सोमा उनले भने, ‘आफ्नो उत्तरी सीमामा चीनले ६० हजार सेना तैनाथ गरेको भारतले देखेको छ ।’ गत जुन १५ मा भारत र चीनको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता दुई देशबीच दुश्मनी बढेको छ ।

तपाईको प्रतिक्रिया