सीमा विवादबारे भारत र चीनबीच आज वार्ता हुँदै

विश्व

       

नयाँ दिल्ली । पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि सोमबार दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको छ ।

भारतीय दैनिक पत्रिका द टाइम्स अफ इण्डियाका अनुसार सीमा वार्तामा पहिलो पटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् । वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए ।

गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिक मारिएका थिए । चीनतर्फ के कति क्षति भयो केही पनि खुलाइएको छैन । त्यसयता पनि पूर्वी लद्दाख दुई देशका सेनाबीच तनाव बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया