३० वर्ष भित्र जापानलाई उछिन्दै भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मूलुक बन्ने

विश्व

       

काठमाडौं । अबको ३० वर्षसम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मूलुक बन्ने एक अध्ययनले देखाएको छ ।

मेडिकल जर्नल ल्यानसेटको अध्ययनअनुसार जापानलाई उछिन्दै भारत सन् २०५० सम्ममा विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मूलुक बन्नेछ । साथै भारतले अर्थतन्त्रको सो स्थानलाई सन् २०२१ सम्ममा कायम गर्नेछ । उक्त अध्ययनका अनुसार त्यसबेला पनि अमेरिका पहिलो अर्थतन्त्र नै हुनेछ र चीन दोस्रोमै यथावत रहेको हुनेछ ।

अनुसन्धानकर्ताले विभिन्न देशका सक्रिय उमेर समूहको अध्ययन गरेका थिए । ती समूहको अध्ययन गरेर जीडीपीको लागि परिदृश्यहरु निर्माण गरिएको थियो । यस अनुसन्धानले सन् २०१७ को अध्ययनलाई आधार मानेको छ । त्यसबेलाको अध्ययनमा भारत विश्वको सातौं अर्थतन्त्र भएको राष्ट्र थियो । अध्ययनअनुसार सन् २०३० भित्र नै भारत चौथौं अर्थतन्त्र भएको मूलुक बन्नेछ । त्यसबेला अमेरिका, चीन र जापान क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा हुनेछन् ।

 

 

तपाईको प्रतिक्रिया