मोदीको सम्पत्तिमा एक वर्षमा ३६ लाख भारुले वृद्धि

विश्व

       

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसवर्षको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन् । यो अघिल्लो सालको तुलनामा ३६ लाख भारतीय रुपैयाँ बढी हो । गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ थियो ।

उनले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन् । तर, ऋण र सवारी साधन नभएको जनाएका छन् ।

गृहमन्त्री अमित शाहको सम्पत्ति भने गतवर्षको भन्दा घटेको छ । गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया