पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो

विश्व

       

इस्लावाद । पाकिस्तानमा एक हिन्दु धर्मका सन्त श्री परमहंस महाराजको समाधी स्थल जलाइएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वहाको करक जिल्लास्थित पवित्र समाधी स्थल स्थानीय भिडले जलाएको बीबीसीले जनाएको छ ।

 

समाधी स्थल नजिकै एक हिन्दुले घर बनाउन थालेपछि भड्किएका स्थानीय मुस्लिमहरुले सो समाधी जलाइदिएको बताइएको छ ।

स्थानीय मुस्लिहरुले सो घर बनाएको विषयमा स्थानीय प्रशासनमा उजुरी पनि गरेको जनाइएको छ । सो गाउँमा हिन्दुको वस्ती नरहेको बताइन्छ। ती व्यक्तिले घर बनाउ लागेको जमिन सोही समाधीको रहेको स्थानीयको विश्वास थियो ।

तर, त्यहाँ घर बन्न थालेपछि स्थानीयले विरोध जनाएका थिए । स्थानीयले विरोध प्रदर्शनको कार्यक्रम पनि रहेको स्थानीय प्रशासनलाई जानकारी दिएका थिए । तर, प्रशासनले लापरबाही गर्दा सो घटना भएको जनाइएको छ ।


विरोध प्रदर्शंनमा एक मौलानाले उत्तेजक भाषण गरेपछि अनियन्त्रित भीडले सो समाधी जलाएको बीबीसीले उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया