नयाँदिल्ली । भिएतनाम विश्व कै तेस्रो चामल निर्यातकर्ता देश हो । तर, उसले पहिलो पटक भारतसंग चामल खरिद गरेको छ ।
विश्वमा सबैभन्दा बढी चामल उत्पादन गर्ने देश भारत हो । महामारीको बीच नौ वर्ष पछि भिएतनामको घरेलु उत्पादनमा कमि आएको कारण उसले भारतसंग चामल खरिद गरेको हो ।
एसियामा महामारीको कारण चामल उत्पादनमा कमि आएको कारण मूल्यमा समेत बृद्वी भएको छ । तर, भारतमा चामल अत्याधिक उत्पादन हुने कारण अन्य देशको तुलनामा मुल्यमा भारी अन्तर देखिने गर्दछ ।
भारतले पहिलो पटक भिएतनामलाई ७० हजार टन जनवरी देखि फेब्रुअरीसम्ममा दिनेछ । भारतले दिने चामलको मुल्य ३५० डलर प्रति टन राखिएको छ । यसले भिइतनामलाई सहज भएको भारतीय ट्रेडरहरुले जनाएको छ ।
तपाईको प्रतिक्रिया