इमरान खानविरुद्ध पीडीएमले कडा आन्दोलन गर्ने

विश्व

       

काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले आन्दोलनलाई चर्काउँदै लगेपछि सरकारले विपक्षी नेताहरुविरुद्ध कारबाहीको प्रक्रिया सुरु गरेको छ ।

पाकिस्तान सरकारले पीडीएमका केही स्थानीय नेताहरुलाई मार्दनमा जुलुस निकालेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

जियो न्युजका अनुसार सो सहरका प्रहरी कार्यालयले पीएमएल–एनका नेता हाजी खान अकबर, जेयूआई–एफ मर्दान महासचिव मौलाना अमानत शाह हक्कानी, पूर्व उपसभामुख इक्रमुल्लाह शाहिद, कौमी वतन पार्टी जिल्ला अध्यक्ष मुजीबुर रहमान र अवामी नेशनल पार्टीका लतीफ उर रहमान, जावेद यूसुफजई र अन्यविरुद्ध मुद्दा दर्ता गरेको छ ।

पीडीएमको ब्यानरमा विपक्षीले पाकिस्तानी अधिकारीहरुको अनुमति नलिइ मर्दानमा जुलुस निकाले भन्दै जुलुस निकालेको केही दिनपछि मुद्दा दर्ता गरिएको जनाइएको छ ।

विपक्षीले इमरान खान सरकारविरूद्धमा प्रदर्शनलाई अगाडि बढाउने योजना बनाउँदै गर्दा उनीहरुमाथिको कारबाही प्रक्रियालाई पनि अघि बढाइएको हो ।

तपाईको प्रतिक्रिया