कोरोना खोप निर्यातमा भारतको प्रतिबन्ध

विश्व

       

काठमाडौं । भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ। अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन्।

सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो । उसले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।

समाचार संस्था एपीसँग कुरा गर्दै सेरमका सिइओ आदर पुनावालाले भारत सरकारले तत्काल खोप बाहिरी मुलुकमा नपठाउने सर्त आइतबार खोपलाई अनुमति स्वीकृति दिएको बताए ।

उनका अनुसार सेरमले खोप तत्काल निजी बजारलाई पनि बेच्ने छैन । ’अहिले हामी भारत सरकारलाई मात्र खोप उपलब्ध गराउन सक्छौं,’ उनले भने ।

भारत सरकारको यस्तो निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको छ ।

नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ । सेरमले भारत सरकारलाई प्रति डोज २०० भारूका दरले १० करोड डोज खोप दिन लागेको छ ।

तपाईको प्रतिक्रिया