चिनियाँ खोपका ७३ साइड इफेक्ट

विश्व

       

काठमाडौं । चीनले कुनै पनि तथ्यांक सार्वजनीक नगरेको खोपले सम्भावित ७३ शारिरिक असर देखाएको छ । चीन नेशनल फर्मास्युटिकल समुह कर्पोरेशन (सिनोफर्म)को सहायक कम्पनी चाइना नेशनल बायोटक ग्रुपले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ७९.३४ प्रतिशत सफल देखिएको बताइएको थियो ।

यो खोपलाई चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले सामान्य रुपमै प्रयोगका लागि अनुमोदन गरेको छ । तर, संघाइ स्थित खोप विज्ञ तोओ लिनाले चिनियाँ खोपलगाएपछि ७३ असर देखिने सम्भावना रहेको बताएका छन् ।

संघाइ रोग नियन्त्रण एवं रोकथाम केन्द्रमा विगत २० वर्षदेखि काम गर्दै आएका ताओले यस्तो बताएका हुन् ।

चिनियाँ सामाजिक सञ्जाल वाइबोमा उनले खोपका अन्य असरहरुबारे पोष्ट गरेका थिए । ताइवानन्युजले उल्लेख गरे अनुसार चिनियाँ खोप लगाएपछि सामान्य भन्दा पनि जोखिमपूर्ण असर देखा परेका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि सुइ लगाएको ठाउँमा दुख्ने, टाउँको दुख्नेजस्ता सामान्य लक्षण पाइएका छन् ।

तर, सिनोफर्मको खोपले भने, उच्च रक्तचाप, दृष्टि सम्बन्धी समस्या, स्वाद गुम्ने, महिनावारीमा ढिलाई र पिशाबमा समेत तलमाथि हुनेसम्या देखिएको बताइएको छ ।

खोपमा केही सामान्य असरहरु हुन स्वभाविक भएपनि चिनियाँ खोपले भने, ७३ असरहरु देखिनसक्ने, खोपकै प्रयोगकर्ता गाइडलाइनमा उल्लेख गरिएको ताओले बताएका छन् ।

खोपसँगै राखिएका सम्भावित ७३ अन्य असरले यो खोप विश्वकै हानिकारक हुनसक्ने आंकलन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया