चीनको कोरोना खोप ५० प्रतिशत मात्रै प्रभावकारी

विश्व

       

काठमाडौं । चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन् ।

नयाँ तथ्यांकले यसअघिको तथ्यांकभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ । खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ ।

ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो ।

बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो । यसले मृतप्रायः कोरोना भाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ ।

गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड–१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । त्यो तथ्यांक पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो

 

तपाईको प्रतिक्रिया