भारतमा शनिबारबाट कोभिड–१९ विरुद्धको खोप लगाइने

विश्व

       

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप जनवरी १६ शनिबारबाट लगाउने जानकारी दिदै यसका लागि सम्पूर्ण तयारी भइसकेको बताएका छन् ।

भारतमा स्वास्थ्य सेवामा निकै सुधार भएको बताउँदै प्रधानमन्त्री मोदीले बिहीबार कोरोना भाइरस खोप सबैलाई उपलब्ध गराउन देशभरि तयार भइसकेको बताएका छन् ।

भिडिओ कन्फरेन्समार्फत गुजरातको राजकोटमा नयाँ अखिल भारतीय मेडिकल साइन्सेज् (एम्स) को शिलान्यास गर्दै प्रधानमन्त्री मोदीले भने, “२०२० मा कोभिड–१९ महामारीको कारण सबै पक्षबाट विभिन्न प्रश्नहरु उठेका थिए । तर, सन् २०२१ मा खोपको विकासले नयाँ आशा जगाएको छ ।’

मोदीले कोरोना महामारीविरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए ।

प्रधानमन्त्रीले मोदीले भने, “भारतले हरेक संकटलाई एकबद्ध भएर लडेको छ । यस्तो संकटको समयमा एक अर्कालाई सहयोग गरिरहेको छ ।’

उनले भारतमा संक्रमणको संख्या घट्दै गएको बताए । कोरोना भाइरसका लागि खोप विकास गर्ने सम्पूर्णलाई मोदीले धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया