भारतपछि पाकिस्तानमा भारतीय मिडियाको बढी दर्शक

विश्व

       

नयाँ दिल्ली । भारतको सरकारी संचार संस्था प्रसार भारतीले पाकिस्तानमा आफ्नो दोस्रो बढी डिजिटल दर्शकहरु रहेको जनाएको छ ।

भारतको सूचना तथा प्रसार मन्त्रालयले सन् २०२० मा दुरदर्शन र अल इन्डिया रेडियोका सबैभन्दा बढी दर्शक तथा सोताहरु रहेको बताएको छ ।

सूचना मन्त्रालयका अनुसार सन् २०२० को अवधिमा पाकिस्तानमा दूरदर्शन (डीडी) र अखिल भारतीय रेडियो (एआईआर) को दोस्रो सर्वाधिक डिजिटल दर्शकहरु रहेका छन् ।

सूचना मन्त्रालयका अनुसार चीनमा पनि एक सय प्रतिशत दर्शक तथा स्रोताहरु बढेको पाइएको छ । जुन चीनमा एक अर्ब पाठकहरु र २.५ अर्वभन्दा बढी डिजिटल दर्शकहरु रहेको पाइएको हो ।

चाखलाग्दो कुरा के छ भने २०२० को अवधिमा पाकिस्तानमा डिडी र एआईआर सामाग्रीका लागि दोस्रो उच्च डिजिटल दर्शकहरु रहेका छन् ।

यो २०२० को अवधिमा, प्रसार भारतीको मोबाइल एप्लिकेसन ‘न्यूजअनअयर’ ले २.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू थप गरेको छ । २०० भन्दा बढी स्ट्रिमहरू प्रत्यक्ष प्रसारण सबैभन्दा लोकप्रिय फिचरको रूपमा देखा परेको छ ।

तपाईको प्रतिक्रिया