नेपालसँग दुश्मनीको कल्पना गर्न सकिन्नः भारतीय रक्षामन्त्री सिंह

विश्व

       

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको दुश्मनीको बारेमा कल्पना समेत गर्न नसकिने बताएका छन् । उनले नेपाल आफ्नै परिवार भएको टिप्पणी समेत गरेका छन् ।

‘नेपाल हाम्रो परिवार हो,’ भारतीय टिभी च्यानल आजतकमा प्रभु चाँवलासँग अन्तवार्ताका क्रममा सिंहले भने,‘दाजुभाई एक अर्कालाई गोली हान्छ ?’ भारत र नेपाल दाजुभाई भएकाले सम्बन्ध कुनै हालतमा टुट्न नदिने बताए ।
नेपालसँग सांस्कृतिक सम्बन्ध मात्र नभएको टिप्पणी गर्दै सिंहले भने,‘भारत र नेपालबीच रोटीबेटी सम्बन्ध । यो सम्बन्धलाई टुट्न दिदैनौं ।’
भारतले लिपुलेक हुँदा सडक निर्माण गर्दा नेपालले विरोध गरेकोबारे प्रश्न गर्दा सिंहले भने,‘कसैले भन्दियो होला । दाजुभाईबीच यस्तै हुन्छ । दाजुभाई एक अर्कालाई गोली हान्छ ?’ नेपाल असन्तुष्ट भएमा भारतले सम्झाउने बताए । एक दुईजना नेताले गर्दैमा दुई देशको सम्बन्ध नबिग्रने सिंहको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया