छिमेकीलाई अनुदानमा कोरोना भ्याक्सिन दिँदैछ भारत

विश्व

       

काठमाडौं । भारतले उसका छिमेकी राष्ट्रहरुमध्ये नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यानमारलाई कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ । भारतीय प्रधानमंत्री नरेंद्र मोदीले मंगलबार गरेको एउटा ट्वीटमा भनिएको छ, ‘भारत वैश्विक समुदायका स्वास्थ्य आवश्यकता परिपूर्ति गर्न दीर्घकालिक साझेदार हुन पाएकोमा गौरवान्वित अनुभव गरी रहेको छ ।’

निश्चय पनि विगत एक वर्षदेखि कोरोनाको भय, त्रास र आतंकबाट पीडि़त सरकार र सर्वसाधारणलाई भारत सरकारको यस घोषणाले उत्साहित एवं हर्षित तुल्याएको छ । भारत आफै पनि कोरोना कहरले नराम्ररी प्रभावित देश हो । सवाअर्बभन्दा बढी जनसँख्या भएको भारतले आफ्नो मात्रै ख्याल नगरी छिमेकी देशलाई विपत्तिको घड़ीमा सहयोग गर्न अग्रसर हुनु सनातन पूर्वीय परम्पराको पालन गर्नु हो, जसले ’वसुधैव कुटुंबकम’को उद्घोष गर्छ ।

भारतले आफ्ना छिमेकी नेपाल लगायत भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोना भ्याक्सिन आपूर्ति गर्नु र अन्य छिमेकी देश श्रीलंका, अफगानिस्तान, मारिससका नाम यस पंक्तिमा नआउनुको कारण ती देशको औषधि व्यवस्था विभागले अझैसम्म भारतमा बनेका भ्याक्सिनलाई प्रयोगको अनुमति प्रदान गरी नसकेकाले हो। यी देशका सम्बंधित विभागले भारतमा बनेका भ्याक्सिनलाई स्वीकृति र अनुमति दिनासाथ ती देशमा पनि भ्याक्सिन आपूर्ति गर्ने जानकारी भारतको विदेश मंत्रालयले गराएको छ
ि
भारतीय विदेश मन्त्रालयका अनुसार भारत आफ्नो घरेलु आवश्यकतालाई ध्यानमा राख्दै देशमा उत्पादित भ्याक्सिन आफ्ना छिमेकी देशलाई चरणबद्ध रूपमा उपलब्ध गराउन कटिबद्ध छ र यो आपूर्ति प्रक्रिया निरन्तर र नियमित चलिरहने छ । भारतले २० जनवरीदेखि नै छिमेकी देशलाई भ्याक्सिन आपूर्ति गर्न गई रहेको छ ।

 

तपाईको प्रतिक्रिया