पाकिस्तानको एन्टी करप्सन एजेन्सीलाई विपक्षी विरुद्ध प्रयोग गरेकोमा आलोचना

विश्व

       

इस्लामावाद । पाकिस्तान सरकारसँग मिलेर भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको संस्थाले भ्रष्टाचारलाई बढावा दिएको आरोप लागिरहेको समयमा संसद्को विशेष समयमा विपक्षी पार्टीका नेताहरुले चर्को आलोचना गरेका छन् ।

विपक्षी दलहरूले राष्ट्रिय जवाफदेही ब्यूरो एनएबीका गतिविधिहरु पारदर्शी र जवाफदेही नभएको उल्लेख गर्दै निन्दा र आलोचना गरेका हुन् । विपक्षी दलका नेताहरुले एकपक्षीय जवाफदेहितालाई अस्वीकार गर्दै सरकारले विपक्षीमाथि हतियारको रुपमा एनएबीको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

यसभन्दा अघि विपक्षीहरूले एनएबीविरुद्ध मानव अधिकार उल्लंघन, हिरासतमा मृत्यु र पाकिस्तान लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्न इमरान खानको सरकारलाई सघाएको आरोप लगाएका थिए ।

संघीय सरकारले एनएबी अध्यक्षको ’अनैतिक अडियो र भिडियो क्लिपहरू’ चुहावट भएपछि उनलाई ब्ल्याकमेल गरिरहेको आरोप लगाउँदै विपक्षी सांसदहरुले उनी “ह्वाट्सएपमार्फत प्राप्त गर्ने सबै आदेशहरू पालन गर्न बाध्य” भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया