निर्मलाका लागि न्याय माग्दै वीरगंजमा प्रदर्शन

समाचार

       

वीरगंज, ३० भाद्र । गत साउन ११ गाते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ ।

देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन गरि निर्मल पन्तको बलात्कारी र हत्यारहरुलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै प्रदर्शन भएको हो । शनिबार वीरगंज स्थित घण्टाघरमा समेत युवा तथा स्थानीय अगुवाहरुले प्रदर्शन गर्दै निर्मलको हत्याराहरुलाई कानुनुको दायरामा ल्याई कडा कारवाही गर्न माग गरेका छन् ।

’हामि आज देशका छोरी चेलीहरुको शुरक्षा माग गर्दै जम्मा भएका छौं,’ वीरगंजमा आयोजिर्त यालीमा सहभागी संघीय समाजवादी फोरम नेपालका युवा नेता तबरेज अहमदले भने, ’आज निर्मला बहिनि बलत्कारको शिकार भएकी छन्, उनका अपराधिहरु माथि कारवाही भएन भने देशको न्यायिक व्यवस्था माथिबाट हाम्र विस्वासनै उठ्ने छ, सरकारले हत्याराहरुलाई कारवाही नगरे सम्म हाम्रो संघर्ष जारि रहने छ ।’

तपाईको प्रतिक्रिया