रौतहटमा नदीमा डुबेर बालिकाको मृत्यु

समाचार

       

राकेश यादव, रौतहट, ३० भाद्र । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा शनिबार नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि लम्हा नदीमा गएकी स्थानीय वड़ा नम्बर २ निवासी १२ वर्षीय मुनि कुमारी साहको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोस्टमार्टम गरी दाह संस्कारको लागि परिवारको जिम्मा लगाई सकेको प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले बताएका छन् ।

तपाईको प्रतिक्रिया