चिनियाँ नागरिक पक्राउ

समाचार

       

काठमाडौं, ३० भाद्र । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो । स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद रकमसहित दुबैजनालाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने तयारी भइरहेको बताइएको छ । पक्राउ गरिएकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया