देशभरका सबै गाडीको साँचो वुझाउने तयारीमा यातायात व्यावसायी

समाचार

       

चन्द्रकान्त खनाल, रुपन्देही, ३० भाद्र । प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीहरुको अहिलेको समस्या पहल गर्नको लागि प्रदेश सरकार मात्रै प्राप्त नभएको भन्दै केन्द्रीय सरकारबाट हुने बताए ।

उनले प्रदेश सरकार सहयोगीको रुपमा मात्रै रहेको भन्दै साउन १ गतेबाट यातायाताका धेरैकुराहरु प्रदेश सरकारको मातहतमा आएको जनाउदै यस विषयमा अझै छलफल गर्नुपर्ने अवस्था आएको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति को १९ औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री चौधरीले यातायात व्यवसायीहरुको खाता रोक्का हुनुको कारण समितिमार्फत हुने उपचार प्रभावित भएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मन्त्री चौधरीले ऐनलाई संसोधन गरेर भए पनि विमा रकम बढाउनुपर्नेमा जोड दिए ।

उनले भने– अहिलेको ३ लाख रुपैयाँले उपचार प्राप्त हुदैन, यसमा ध्यान जानुआवश्यक छ’ व्यवसायीहरुको लगानी सुरक्षित हुनु आवश्यक रहेको भन्दै उनले राज्यको दायित्व उद्योग व्यवसायीयहरुको लगानी सुरक्षित गर्नुपनि रहेको बताए ।

यातायात व्यवसायीहरुले चाँपी नै बुझाएर आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिने भन्दै उनले केही दिन पहिला ७ वटै प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रीहरु संग संघीय सरकरा सग कुरा भएको बताए ।

उनले केन्द्र सरकार संग यातायात व्यवसायीहरुले उठाएको मागलाई सम्बोधन गर्नको लागि पहल जारी रहेको बताए ।विगतका बर्षमा संंघ संस्था सञ्चालन ऐन अनुसार सञ्चालनमा आएको बेला पहिलाको सेटीङ्ग अनुसार केही समस्या आउनु स्वभाविक रहेको भन्दै केही समस्या रहेको बताए ।

तपाईको प्रतिक्रिया