एम्पायर संघको अध्यक्षमा निरज सिँह

समाचार

       

राजबिराज, १ असोज । सप्तरीको एम्पायर तथा स्कोररहरूको भेलाले निरज कुमार सिँहको अध्यक्षतामा १३ सदस्यीय सप्तरी अफिसियल सँघ नेपाल गठन गरेको छ ।

सोमवार राजबिराज २ स्थित हनुमान मन्दिरको प्रागणमा सप्तरी एम्पायर, स्कोरर, क्रिकेटर खेलप्रेमीहरूको बृहत् बैठकले सप्तरीको किक्रेटलाई अनुशासित, मर्यादित र उपलब्धीमुलक बनाई किक्रेटको बिकासमा सहयोग पुर्याउन उदेश्यले सप्तरी अफिसियल सँघ गठन गरेको अध्यक्ष निरज सिँहले बताए ।

गठित उपाध्यक्षमा धर्मेन्द्र कुमार चौधरी, मनोज कुमार साह, सचिवमा चन्दनकुमार यादब, सहसचिव रोशन कुमार मण्डल, कोषाध्यक्षमा तुलानाथ माझी, सर्वसम्मतिबाट चयन भएको छ । यसैगरी सदस्यहरूमा पुर्व अन्तराष्टिय खेलाडी दिपेन्द्र चौधरी, डम्वर नारायण दास, राहुल सिँह, संजय सिँह कार्कि, संजिव कुमार शर्मा, शमिला कुमारी यादब, योगेश देब रहेको छ ।

तपाईको प्रतिक्रिया