हतियारसहित दुई जना पक्राउ

समाचार

       

राकेश यादव, रौतहट, १ असोज । रौतहट प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ डुमरिया चौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना १६ प ६७५२ नम्बरको कालो रंगको सुपर स्पलेंडर मोटर साइकल चेकजांच गर्ने क्रममा अवैध हतियारसहित स्थानीय बृन्दावन नगरपालिका १ निवासी ३० वर्षीय दोजेलाल राउत र पछाडि सवार स्थानीय वड़ा नम्बर २ निवासी १८ वर्षीय संतोष पटेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ ।

प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले दुवै जनाको साथबाट एक थान कटुवा पिस्तौल बरामद भएको बताएका छन । पक्राउ परेका दुवै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया