कुम्भकार संघ सप्तरीको अध्यक्षमा पुनः सिँहेश्वर

समाचार

       

राजविराज, २ असोज । नेपाल प्रजापति कुम्भकार सँघ सप्तरीको अध्यक्षमा पुनः सिँहेश्वर पण्डित चयन भएका छन् ।
हनुमानगर कंकालनी नगरपालिका १० मा सम्पन्न नेपाल प्रजापति कुम्भकार सँघ सप्तरीको ५ औ जिल्ला अधिबेशन वाट सिँहेश्वर पुनः चयन भएको हो ।

सोमबार सम्पन्न बन्द सत्रबाट सिँहको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा हरेराम पण्डित, सचिवमा केदार पण्डित, कोषाध्यक्षमा कुशेश्वर पण्डित चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा शाबित्री पण्डित, किसुन पण्डित, महेन्द्र पण्डित, रामान्दन पण्डित, शिवशंकर पण्डित, लगायत रहेका छन् ।

आइतबार भएको खुल्ला सत्रमा वोल्दै नेपाल प्रजापति कुमकार सँघका केन्द्रीय अध्यक्ष रामानन्द पण्डितले कुम्भकार जातिलाई सरकारले जनजातिको सुचीमा समावेश गर्नुपर्नेमा जोड दिएका छन् भने कुम्भकार जातिको माटोकला केन्द्रको स्थापनाको समेत माग गरेका छन् ।

सरकार हाम्रा पेशागत हकहतिका लागि संविधानमा पनि उल्लेख गर्नुपर्ने भन्दै उनले भने हाम्रो ब्यवसायलाई मजबुत बनाउन सरकारले रोजगारको अवसर दिनुपेर्ने बताए ।

सिँहेश्वर पण्डितको अध्यक्षतामा गरिएको अधिबेशनमा नेपाल प्रजापति कुमकार सँघका केन्दीय महासचिव लक्ष्मण पण्डित, नारायण पण्डित, झापा अध्यक्षका शिवशंकर पण्डित, सिरहा अध्यक्ष शिव कमार पण्डित, सुनसरी अध्यक्ष सिताराम पण्डित, भारत बिहारमा असोक पण्डित, सुर्यनारायण पण्डित, छिन्मस्ता गाउँपालीका का रामनन्द पण्डित, सिँहेश्वर पण्डित, शिबशंकर पण्डित लगायतले कुमकार जातिको ब्यवासायलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया