उपमहानगरपालिकाको ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना तयार

समाचार

       

चन्द्रकान्त खनाल, रुपन्देही, ३ असोज । बुटवल उप–महानगरपालिकाले पहिलो वर्षलाई अध्ययनका रुपमा लिँदै अब समृद्धिको आधार वर्षका रुपमा महत्वपूर्ण कामहरु अगाडि बढाएको बताएको उपमहानगपालिका मेयर शिव सुबेदीले बताए ।

मंगलबार उप–महानगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गर्दै उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालिन विकास गुरुयोजना तयार गरेको सार्वजनिक गरेको छ ।

गुरुयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासीहरु र विभिन्न सरोकारवाला निकायहरुसगं सुझाव संकलन समेत गरिएको प्रमुख शिवराज सुवेदीले बताए ।

‘यो चरण संगै विभिन्न विषयगत समितिहरुमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभा बाट बुटवल उपमहानगरपालिकाको एकिकृत विकास गुरुयोजना पारित गरिएको छ’ प्रमुख सुवेदीले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने काम समेत सम्पन्न भएको वताए ।

हिलपार्कमा विशाल बुद्ध मुर्ती बन्ने

हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्भे तथा जग्गा एकिन गर्ने काम सम्पन्न गर्दै डिपिआर तयार पार्ने काम भईरहेको नगरप्रमुख सुवेदीले वताए । यो बुद्धमुर्ती लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने गरी डिजाइन भइरहेको बताइएको छ ।
यस्तै शिवनगर सामुदायिक बनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भईरहेको छ । मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरु भएको छ ।

जितगढीमा उजिरसिंहको शालिक र राष्ट्रिय झण्डा

तत्कालिन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइएको भएको छ । जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको प्रमुख सुवेदीले वताए । यो कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडि बढाइएको छ । विभिन्न विज्ञहरुसंगको अन्तरक्रिया र छलफल मार्फत ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रर्वद्धन गर्न कार्यपालिकाको बैठकबाट बैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रुपमा मनाउने ऐतिहासिक निर्णय गरीएको साथै जितगढी किल्लाको बारेमा पर्चा निर्माण गरी वितरण भईरहेको छ ।

वडा १ र २ पुरातात्विक बस्ती

बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरातात्वीक बस्तीको रुपमा विकास गर्र्न र बुटवल १ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ । यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको छ । हिलपार्कमा जनजाति संग्राहलय र मोतिपुरमा थारु संग्राहलय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले वताए । बुटवलको खास पहिचान नै पारि बुटवल (वडा १ र २ का क्षेत्र) मानिन्छ ।

नरैनापुरमा भ्यू टावर बन्ने
पशुपतिनाथको महिमासंग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ । नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भैरहेको । साथै पार्क संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले वताए ।
नुवाकोट र बसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजि क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ । यसका साथै तिनाउ गाउपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भईरहेको बुटवलले जनाएको छ ।

डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४०,हजार भन्दा बढी घरहरुको डिजिटल प्रविधिमा आधारित घर नम्बरी¨ गर्ने काम सम्पन्न भएको छ । निर्माण सामाग्रीको गुणस्तर परिक्षणका लागि आवश्यक उपकरणहरुको खरिद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिन मार्फत नापजा“च गर्ने प्रक्रिया अगाडी बढाईएको छ ।

जवाईमा उजिरसिंह जवई रंगशाला बनाइने
जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ । यो खेलमैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसंग समेत समन्वय गरिरहेको छ । प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो । उपमहानगरले यहीँ मैदानलाई बनाउन प्रस्ताव गरेको छ ।
यस्तै सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ्ग गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरीपरी हिडँडुल गर्न ट््रयाक बनाउने काम भएको छ । सेमलारमा आधुनिक कर्वडहल निर्माण र नगरका अन्य वार्डहरुमा स–साना खेलमैदानहरुलाई स्त्तरोन्नती गर्ने काम भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा तथा क्षमता विकास
७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिला गरेर कूल ७,२ सय ७४ जना लाभग्राहीहरुलाई जनही अक्षेरुपी अक्षेरुपी दुई हजारं)का दरले चाडपर्व खर्च वितरण गर्नुका साथै ५ बर्ष मुनिका दलित बालवालिकालाई पोषण प्रोत्साहन कार्यक्रम अन्र्तगत जनही रु २,अक्षेरुपी दुई हजारं) प्रदान गर्ने काम सम्पन्न भएको छ ।

जेष्ठ नागरिक परिचयपत्र र सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धित वडाबाट वितरण गर्नेे, एकल महिलाहरुको तथ्याङ्क संकलन गर्ने, अपागं मैत्री शहर बनाउन अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी कार्ययोजना निर्माण गर्ने र लैङ्गिक हिंसा मुक्त बुटवलको कार्ययोजना निर्माण गर्ने काम सम्पन्न गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ११ व्यक्तिहरुलाई ह्वील् चियर र २० जनालाई सेतो छडी प्रदान गर्ने काम सम्पन्न भएको छ।

नगर प्रमुख युवा इलम कार्यक्रम अन्र्तगत सरोकारवाला निकायहरुसंगको सहकार्यमा कोर्स डिजाइन गर्ने, वडा स्तरबाट तालिम लिन चाहने व्यक्तिहरुको छनौट गर्ने र तालिम प्रदायक संस्थाहरु संग सम्झौता गर्ने काम सम्पन्न गरी ३५० जना युवालाई ३ महिने सिपमूलक तालिम प्रदान गर्ने काम शुरु गरिएको छ। यसका अतिरिक्त करिब ५सय जनालाई कौसी तरकारी तालिम प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया