चीनमा इस्लाम विस्तार गर्दै पाकिस्तान

विश्व

       

पाकिस्तानले आफूलाई ‘इस्लामको रक्षक’ भने पनि खुदै चीनमा रहेका मुसलमानहरूमाथि खुल्लेआम भै रहेको सांघातिक दबाबलाई समर्थन गर्दै आएको छ । यहाँसम्म कि धार्मिक दलहरू लगायतका संगठनहरूले नक्कली धर्मनिन्दाको आरोपमा अहमदी, शिया, ईसाई र हिन्दुहरूलाई छिट्टै मार्ने गरेपनि राज्यले कमजोर इस्लामका अनुयायीहरूमाथि गर्दै आएका ज्यादतीहरूमाथि आँखा चिम्लिने गरेको छ ।

करोडौं भन्दा बढी युधुर मुसलमानहरूलाई मुसलमान भएको कारण थुनामा राखिएको छ । विगत केही वर्षको अवधिमा चीनले मुसलमानहरूलाई दारी पाल्न, बुर्का लगाउन, सार्वजनिक रूपमा प्रार्थना गर्न रमजानमा उपवास बस्नबाट निषेधित गर्दै आएको छ ।

थुनामा राखिएका मुसलमानहरूलाई कक्षाहरूमा इस्लाम र इस्लामिक क्रियाकलापहरू मानसिक विमारी हो त्यसलाई मुटु–भित्रबाट फाल्नुपर्छ भन्ने उपदेश दिने गरिएको छ । पाकिस्तानको इस्लामप्रतिको विशेष आलोचनीय दृष्टिकोण स्पष्ट रहेको छ । त्यसलाई युरोपमा नराम्रो घटनाहरूको रूपमा टिप्पणीहरूसहित तेजीसाथ परित्याग गर्ने क्रममा राख्न थालिएको छ ।

तर, चीनले इस्लामलाई ‘मानसिक रोग’ भनिए पनि त्यसको बेवास्ता मात्र नगरी आधिकारीक मौन प्रक्रियाद्वारा सघाउने गरिएको छ । प्रधानमन्त्री इम्रान खानले छिमेकमा मुसलमानहरूमाथि नै रहेको व्यापक ज्यादती र दबाबको विरूद्ध कहिले पनि बोलेका छैनन् । यस वर्षको शुरूमा तुर्को टेलिभिजन चैनलसँग बोल्ने क्रममा उनले त्यस्तो घटनाहरू आफूलाई थाहा नभएको बताएका थिए ।

तर त्यसै व्यक्तिले कश्मीर सम्बन्धमा ‘फासिस्ट’ को अभिव्यक्ति दिन हतारिए पनि आफ्ना चिनियाँ मित्रहरूलाई उनीहरूको युधुर योजना सबभन्दा नराम्रो मध्येको एक रहेकोले धार्मिक हिंसाहरूप्रति मुसलमानहरूलाई लक्षित गरी संचालित हुँदै आएको बताएका थिए ।
पाकिस्तानमा यस मुद्दामाथि विरोध नभएको हैन तर त्यो सीमित रहेको छ र सीमित संचारमाध्यमहरूमा अलिकति मात्र त्यसबारे लेख्ने गरिएको छ ।

उदाहरणका लागि युधुर महिलाले पाकिस्तानी नागरिकहरूसँग गरेको विवाह गर्दा त्यसलाई गिरफ्तार गर्ने विषयलाई लिएर गिल्गिट बाल्टीस्थानमा व्यापक आक्रोश व्यक्त गरिएको थियो । यस वर्षको शुरूमा पाकिस्तानका नगरहरूमा चीनद्वारा सञ्चालित यौन दासी व्यवहार सञ्चालित रहेको फेला परेपछि व्यापक क्षेत्र र आक्रोश व्यक्त गरिएको थियो ।

हुन त पाकिस्तानी अधिकारीहरूले केही चीनका त्यस्ता कारोबारीहरूलाई गिरफ्तार गरेको थियो तर त्यो घटना न त सरकारको विरोधको विषयवस्तु बन्न सक्यो न त इस्लामका आत्मघोषित समुदायद्वारा नै मुसलमानहरूसँग कुनै खास चासो राख्ने गरिएको छ । राज्यको निकायहरूद्वारा निखार प्रताडित समुदायले गुनासो व्यक्त गर्दा पनि सरकार वा धार्मिक नेताहरूबाट कुनै सहयोग पाएका छैनन् ।

यस वर्ष जुलाइमा चीनका नीतिलाई अधिकारीक रूपमा लागू गर्दा पाकिस्तानको जटिलताले गर्दा चिनियाँद्वारा हुने अपराधहरू विरूद्धको वातावरण स्थापित गरिएको थियो । संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा एक संयुक्त पत्र पठाउने ३७ देशहरूमध्ये एक पाकिस्तान पनि रहेको थियो । चीनको ज्यादतीहरू सम्बन्धमा निम्न टिप्पणीहरूलाई समर्थन गरेको थियो–“विगत तीन वर्षमा सिन्चियाङ्गमा एउटा पनि आतंकवादी आक्रमण भएको देखिएको छैन र जनताले जबरजस्त रूपमा प्रसन्नता, उपलब्धि र सुरक्षा उपभोग गर्दै आएको छ ।”

संचार माध्यमले देशको नेताको रूपमा इम्रान खान पूर्ण असफल रहेकोले देशमा इस्लामको स्थिति चिन्तनीय रहेको आलोचना गरेको थियो । एक महिला अधिकारकर्मी पुर्निया आवानले ‘एक्सप्रेस ट्रीब्यून’ को अक्टोबर १२, २०१९ अंकमा प्रकाशित एक दुर्लभ लेखमार्फत यस्तो पश्न गरेकी छिन–“कश्मीरी मुसलमानहरूको दाँजोमा युधुर मुसलमानहरू सम्बन्धी कार्यान्वयन किन कम महत्वपूर्ण र हाम्रो ध्यान आकर्षित प्रायः नगर्ने खालको रहेको छ । प्र

धानमन्त्री जति कश्मीरहरूप्रति सजक रहेका छन्, त्यती युधुर मुसलमानहरूप्रति निरिह किन तिनीहरू कम महत्वपूर्ण ठानेका छन् ? प्रधानमन्त्री कश्मीरीहरू जस्तै निर्दोष नागरिहरूप्रति किन सजक रहेका छैनन् ?” ‘डान’ पत्रिकाका प्रख्यात स्तम्भकार इरफान हुसैनले ‘डान’ को अक्टोबर १६,२०१९ अंकमा प्रकाशित लेख मार्फत आश्चर्य प्रकट गर्दै टिप्पणी गरेका छन् कि किन “चीनको मुसलमान समुदायलाई पूर्णरूपले दिग्भ्रमित पार्ने प्रयोजित प्रयास पश्चात् पनि इस्लामिक विश्वमा किन दंगा र विरोध देखिएको छैन ?”

मुसलमानहरू विरूद्ध चीनको कारबाहीविरूद्ध समचार च्यानलहरू र समाचारपत्रहरू समेतमा मुश्लिमले कुनै प्रतिक्रिया देखाएको छैन । प्रख्यात आलोचक अमित राना ‘डान’ मा लेखेको आतंकवाद सम्बन्धमा यस वर्षको जनवरीमा सन्चियाङ्गमा मुसलमानहरूमाथि हुँदै आएको कथित संकट तीव्र अतिवादलाई नियोजित गर्ने सफल योजना हो, जसलाई अन्य देशहरूले पनि नमुना स्वरूप अनुकरण गर्नुपर्छ ।

धार्मिक तथा आतंकवादी संगठनहरूले समेत गल्तीहरू कब्जा गरेर त्यसमा जिहादको जोडदार घोषणा गर्नेहरू समेत चुप मात्र लागेर बसेको छैनन् बरू चीनले इस्लामलाई बेवास्ता गर्ने कार्यलाई समेत पन्छ्याउँदै आएको छ । उदाहरणका लागि इस्लामको अग्रणी संस्था भनेर आफूलाई दावी गर्ने जमात–ए–इस्लामीलाई फ्रेबुअरी, २००९ मा चीनले सिन्धियाङ्गका मुसलमानहरूलाई थिच्दै जान उक्साएको थियो ।

‘द न्युज इन्टरनेशनल’ को अप्रिल, २०१७ को अंकमा सरताज खानले यस प्रकार स्पष्ट पारेको छ–“चीन र जमात–ए–इस्लामीका सरगनाहरूबीच भएको मिटीगंले अशान्त युधुरको मुद्दालाई दुबैले आदिवासीहरूको परिप्रेक्ष्यमा हेरेको छन् ।” छोटकरीमा विश्वमा आज उपेक्षित र तिरष्कृत रहेका अन्यहरू भन्दा जमात–ए–इस्लामीको इस्लामसँग राम्रो सम्बन्ध रहेको छ ।

‘डेली टाइम्स’ को डिसम्बर, २०१८ अंकमा स्तगर विश्वविद्यालयका पी.एच.डी. मा अध्ययनरत अस्लम ककरले “यस्तो बेवास्ता र जैतिक अपचलन” सम्बन्धमा पाकिस्तानका तर्फबाट दुई निष्कर्ष–पहिलो प्रधानमन्त्री इम्रान खानले चीन सरकारद्वारा बलोचर पश्तुन जस्ता धार्मिक अल्पसंख्यकहरू विरूद्ध लागू गरेको नीतिको निन्दा गर्न सकेको छैन । दोस्रो, पाकिस्तान भावी सरकारहरूले आफ्नो जनताको हकहित विश्वव्यापी स्तरमा संरक्षित गरी राख्ने वाचा गरेका छन् ।

तपाईको प्रतिक्रिया