इरानका विदेशमन्त्री भारत भ्रमणमा

विश्व

       

नयाँदिल्ली, २९ पुस । इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि भारत आएका भएका छन् ।

सैनिक कमान्डर कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच तनाव बढेका बेला जरिफको भारत भ्रमण भएको हो ।

जरिफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नेछन् । साथै उनले भारतको विदेश मन्त्रालयको वार्षिक सम्मेलन रायसेना डाइलगमा आफ्नो कुरा राख्ने कार्यतालिका छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार इरानी विदेशमन्त्रीले भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी गर्नेछन् । उक्त भेटमा उनीहरूले सुलेमानीको हत्याबारे कुराकानी गर्ने इण्डिया टुडेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया