चीनमा फैलियो रहस्यमयी भाइरस

विश्व

       

बेइजिङ । चीनमा फैलिएको रहस्यमयी भाइरसका कारण अर्का एकजनाको पनि मृत्यु भएको छ ।

चीनको वुहानस्थित ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । अन्तर्रा्ष्ट्रिय मिडियाका अनुसार बिहीबार अवेरसम्म अन्य दुई एसियाली मुलुकमा समेत यो भाइरस विस्तार भइसकेको छ । जापान, फिलिपिन्स र थाइल्याण्डमा पनि उक्त भाइरस सरेको बताइएको छ ।

उक्त भाइरसका कारण बिरामीको स्वासप्रस्वासमा तिव्रता आउँदै गम्भीर समस्या उत्पन्न हुने बताइन्छ । यस्तै प्रकृतिको भाइरसबाट २००२ र २००३ मा चीन र हङकङमा ३ सय ४९ जनाको मृत्यु भएको थियो ।

हाल चीनमा कम्तिमा ४१ जना यस्तो भाइरसबाट प्रभावित भएको बताइएको छ । वुहान स्वास्थ्य आयोगका अनुसार १२ जनाको उपचार भइसकेको छ । जब कि, पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गत साता ६१ वर्षीय चिनियाँ नागरिक सोही भाइरसबाट मृत्यु भएको थियो । वुहानका अधिकारीहरुका अनुसार यहाँको समुद्री माछा बजार प्रकोप प्रभावित क्षेत्रको रुपमा चिनिएको छ ।

चीन र छिमेकी एसियाली मुलुकमा प्रकोप देखिन थालेपछि स्वास्थ्यकर्मीहरु समाधानका लागि चासो देखाएका छन् ।

तपाईको प्रतिक्रिया