२०२० मा इसरोको पहिलो सफल मिशन

विश्व

       

नयाँ दिल्ली, ४ माघ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले आफ्नो संचार उपग्रह जीसैट –३०सफलतापूर्वक लन्च गरेको छ ।

यो भारतीय समय अनुसार शुक्रबार बिहान २ः३५ बजे एरियन –५ रकेटका नामले प्रक्षेपित गरिएको थियो । यसले भारतको टेलिकम्युनिकेश सेवालाई प्रभावकारी बनाउन सहयोग गर्नेछ । इसरोले आफ्नो आधिकारिक ट्विटर हैण्डलमा यसको जानकारी दिएको छ ।

जीसैट– ३० सञ्चार उपग्रह इनसैट–४ए को स्थान लिने छ जसलाई सन २००५ मा लन्च गरिएको थियो । सन २०२० मा यो इसरोको पहिलो सफल मिशन हो ।

तपाईको प्रतिक्रिया