नाडा बने भारजपाको ११औं अध्यक्ष

विश्व

       

नयाँदिल्ली । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को अध्यक्षमा जगत प्रकाश नाडा निर्वाचित भएका छन् । उनी भाजपाको ११औं अध्यक्षरुपमा निर्वाचित भएका छन् ।

पार्टीले सोमबार नाडालाई पार्टी अध्यक्षमा निर्वाचित गरेको हो । विगत ६ महिनादेखि कार्यवाहक अध्यक्षको रुपमा कार्य गरिरहेको नाडालाई पार्टीले पूर्ण रुपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।

तत्कालीन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उनले राजीनामा दिएर नाडालाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।

भाजपाका वरिष्ठ नेताहरु अमित शाह, राजनाथ सिंह नितीन गडकरी लगायत अन्य मुख्यमन्त्री तथा नेताहरुले सोमबारको नामांकन प्रक्रिया नाडाको नामको प्रस्ताव गरेका थिए ।

भाजपाले आफ्नो दलमा सन् २०१९ सम्म १८ करोडभन्दा बढी सदस्य रहेको दावी गरेको छ । उनी यस अघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत थिए ।

तपाईको प्रतिक्रिया