कस्मिर मुद्दामा तेस्रो पक्षको भूमिका चाहन्नौं : भारत

विश्व

       

नयाँदिल्ली । भारतको विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले कस्मिरको विषयमा तेस्रो पक्षको भूमिका भारतलाई नचाहिएको बताएका छन् ।

उनले कस्मिरको विषयमा भारतको धारणा स्पष्ट रहेको बताउँदै यो विषय आन्तरिक भएको र पाकिस्तानले चाहेमा मात्र यसमा छलफल हुने बताए ।

पाकिस्तानले आतंकवादलाई पूर्ण रुपमा त्यागेमात्र भारतले पाकिस्तानसँग छलफल गर्ने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटेरै अमेरिका पाकिस्तानलाई कस्मिरको विषयमा मद्दत गर्न तयार भएको बताइरहेका बेला भारतको पछिल्लो भनाइ आएको हो ।

स्वीजरल्यान्डको डाभोसमा आयोजित ‘वल्र्ड इकोनोमी फोरम’ वैठकका क्रमम खान र ट्रम्पबीच भेट भएको थियो ।

सो क्रममा इमरानले पनि पाकिस्तानले जहिल्यै कस्मिरको विषयमा अमेरिकाको भूमिका खोजेको बताएका थिए ।

अमेरिकाले कस्मिर विवादमा भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने बताएपछि भारतीय पक्षले भने अमेरिकाको भूमिका आफूलाई आवश्यक नभएको जवाफ दिएको छ ।

तपाईको प्रतिक्रिया