चीनमा कोरोना भारइसको संक्रमण, २५ को मृत्यु

विश्व

       

चीन । चीनमा कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट सयौं ग्रसित छन् भने अझ फैलिने चिन्ता बढ्दै गइरहेको छ ।

चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् । करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ ।

फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोना भाइरसका कारण भइरहेका छन् । यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् ।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ । सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो । ती मध्ये सात सय ७४ जनाको ज्यान गयो ।

तपाईको प्रतिक्रिया