मुस्लिम संगठनभित्रको विभेद स्पष्ट

विश्व

       

मुस्लिम ५७ राष्ट्रहरू मध्ये केवल २० राष्ट्र मात्र मधेशियामा “इस्लामफोबिया” र इस्लिामिक विश्वलाई विवादित बनाई राखेको मुद्दाहरू सम्बन्धमा छलफल गर्न भेला भएका थिए, त्यसै क्रममा तिनीहरू आन्तरिक प्रतिद्वन्दिता तथा आपसी मतभेदका मुद्दाहरू नराम्ररी सार्वजनिक हुन गएको थियो । तर ताशका पत्ताहरूमध्ये सबभन्दा नराम्रो रहेको जोकर जस्तै पाकिस्तानले त्यसलाई सघाउनुको सट्टा पछि हट्न गयो । मलेशियाका महावीर मोहम्मद विश्वास र आँट गरेर पाँचौं सम्मेलन कुआलालम्पुरमा आयोजना गर्ने योजनाबारे बताए । पछि पाकिस्तानका इम्रान खानले दुई मुख्य प्रतिद्वन्दी साउदी अरेविआ र इरानबीच मध्यस्थता गर्ने चर्चाबारे पछि रियादको चुनौती पश्चात् पाकिस्तान एक्लै त्यो सम्मेलनबाट बाहिरिएको थियो ।
आलोचकहरूले बताए अनुसार पाकिस्तानका इम्रान खानको कूटनीति आत्मकेन्द्रित र असम्बेदनशील रहेको कारण उसमाथि “ट्रम्प–जस्तै” काम–कारबाई गर्ने र आवेशमा आएर निर्णय गर्ने तथा विगत र वत्र्तमानमा कार्यरत रहेको अनुभवी कूटनीतिज्ञहरूसँग सरसल्लाहै नगरी “मनलागी कूटनीति” संचालन गर्नु रहेको छ ।

उसले खासगरीकन टर्को र मलेशियालाई समेत क्रोधित तुल्याई दिएको छ किनकि आतंकवादलाई वित्तीय सहयोग गर्ने एफ.ए.टी.एफ. योजनालाई पाकिस्तानले रुचाउँदै तिनी दुवैले त्यसलाई कालो सूचीमा राखेका थिए । टर्कीका राष्ट्रपति इर्दोगेनले, पाकिस्तानले साउदीसँग बाचा गरेको बाचा विपरीत कार्य गरेको आरोपका बारेमा समेत सार्वजनिक गरेको थिए ।

इर्दोगेनले इस्लामावादले विगतमा पनि साउदी र यू.ए.ई.को दबाब खप्नु परेको प्रसंगलाई राम्रो दृष्टान्त भएको समेत उल्लेख गरेका थिए । इस्लामवादस्थित साउदी दूतावासले त्यस आसेयालाई गलत समाचारको संज्ञा दिए पनि कसैले पनि पत्याएका थिएन ।

स्थानयि टिप्पणीकत्ताहरूले इस्लामवादको रियाद तथा लेहरानसंग वास्तविक सम्बन्ध वा समझदार िनरहेको समेत बताएका थिए । त्यसैले खानले मध्यस्कत्र्ताको रूपमा प्स्तुत गर्ने कुरा नै गर्नु पर्ने थिएन । वास्तवमा भन्ने हो भने सबभन्दा पछिल्लो प्संग पाकिस्तानको स्वतन्त्रता र सामान्यता गरी तद्नुरूप आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने प्रश्न उसका सामु तेर्सिन आएको छ ।

तिनीहरूले बताएका छन् कि पाकिस्तानको कूटनीतिक पकड गम्भिर रूपले बर्षौंदेखि खस्किंदै आएको कारण उसको राजनीतिक अस्थिरता र आर्थिक असुरक्षा रहेको छ । यो त्यस्तो राष्ट्रहरूको पखत्र्ती राष्ट्र जस्तो रहेको छ जसले आफूबराबरको राष्ट्र जस्तो बन्न खोजेको छ ।

खान र उसका तगडा प्रतिद्वन्दी निवत्र्तमान प्रधानमन्त्री नवाज शरीफबीच तुलना गर्न सकिँदैन किनकि त्यो उपयुक्त छैन । मुशर्रफले उनलाई फाले पनि शरीफले नौ वर्षसम्म साउदीमा राजकार्य सम्मानसाथ बस्ने सुविधा र अवसर प्राप्त गरेका थिए । र तैपनि शरीफले साउदीको दबावमा यमानमा पाकिस्तानी सेनालाई लड्न पठाउनु परेको थियो । दोस्रो कुरा, यदि खानले मलेसियासँग, जो दक्षिणपूर्व एशिआई मुस्लिम राष्ट्रसाग दीर्घकालदेखि उपेक्षित रहेको छ, राम्रो सम्बनध बनाउने प्रयास गरी रहेको छ भने त्यसलाई सही गृहकार्य गरेको रूपमा लिन सकिन्छ ।

मुस्लिम र गल्फ राष्ट्रहरू मध्येको मत भिन्नता अब बाहिरी रूपमा जाहिर भैसकेको छ । साउदीले के.एल. सम्मेलनको विरोध गर्नु को उद्देश्य उसले नियंत्रित गर्ने ओ.आई.सी.लाई महत्व दिन नखोज्नु रहेको थियो । जब महाथिर ले साउदी राजालाई टेलीफोन गरेका थिए, त्यती बेला उनले त्यसकोे पुष्टि गरेका थिए । यी तीन देशका नेताहरूको उपस्थिति नै साउदी सम्मेलनको विरोध गर्नुको मुख्य कारण रहेको थियो । यसपछि रियादले इरान र टर्की समेतसँग प्रतिस्पर्धा गर्दैछ ।

ईजिप्ट र यु.ए.ई. सँग मिलेर दाउ खेल्दैछ भने टर्की र इरानको घनिष्ठ रहेको छ । गाजा क्षेत्रका यमन, सिरिआ, जेबनान, इराक र हमास, इरान नजिक रहेको छ । टर्कीले इरानलाई नजिक ठाने पनि सिरिआमा इरानी पहुँचले गर्दा महशूश गर्दै आएको छ । यसमा साथै कुर्दिश प्रकरणमा इरान, इराक, सिरिआ र टर्की सबैबीच निहित स्वार्थले गर्दा विभिन्नता रहेको छ ।

इराक र लेबनीनमा भ्रष्टचारी शासकहरू विरूद्ध र तिनीहरूबाट मुक्त हुनु व्यापक रूतरमा संचालित रहेको सामूहिक प्रर्दशन जस्ता कार्यक्रमहरूले यस प्रकरणलाई झन ज्यादै जटिल बनाई दिएको छ । इरान पनि आन्तरिक विद्रोहहरूसँग जुझ्दै आएको छ ।

टर्की नाटोको सदस्य भए पनि, तत्काल सिरिआमाथिको अमेरिकी प्रभाव तथा छाप तथा ग्रेटर मिड्ल इस्टको व्यापकताले गर्दा, समस्याहरूसँग जुझ्दै आएको छ । अंकारा केही मुद्दाहरूले गर्दा इरान तथा मास्को नजीक रहेको छ, किनकि अंकाराको वाशिंटनसँगको सम्बन्ध महत्वपूर्ण र तागतिलो समेत रहेको छ । पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले दृढताका साथ त्यस सम्मेलनमा पाकिस्तानको प्रतिनिधित्व नहुने पुष्टि गरेका थिए ।

पाकिस्तानका विदेश मन्त्री कुरेशीले यो पनि पुष्टि गरेका थिए कि साउदी अरबिआ र यू.ए.ई.को त्यस सम्मेलनसँग सरोकार रहेको छ, किनकि दुबै देश यसले गर्दा चिन्तित र दुःखी रहेको छ कि त्यस गतिविधिले ‘उम्माहको विभाजन’ लाई प्रभावित गर्नुका साथै वत्र्तमान साउदी नियंत्रित ‘ओ.आई.सी.’ समानान्तरको एक संगठनको संरचना गर्ने तर्फ प्रेरित समेत गर्न सक्नेछ । पाकिस्तान मध्यस्तकर्ता बन्ने कुनै सम्भावना छैन । त्यसका अतिरिक्त मुस्लिम राष्ट्रहरूमध्ये कसैले पनि कुनै खास उद्देश्यका लागि अघि बढ्ने समेत कुनै मुद्दा समेतको संभावना छैन । —एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया