चीनमा कोरोना भाइरसको कहर, ८० को मृत्यु

विश्व

       

एजेन्सी । चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट ८० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ ।

चिनियाँ स्वास्थ्यमन्त्री मा शियाओवेईले कोरोना भाइरस तीव्ररुपमा फैलिरहेको र यो १४ दिनभित्र एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमित गरिरहेको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म दुई हजार सात सय ४४ व्यक्ति संक्रमित भइसकेका छन् । संक्रमित व्यक्तिमध्ये चार सय ६१ को अवस्था गम्भीर रहेको छ ।

चीनको ३४ प्रान्तमध्ये कमसेकम २५ प्रान्तमा स्वास्थ्यको उच्चतम् आपत्काल घोषणा गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, कोरोना भाइरसका बिरामीलाई रुघाखोकीका साथै ज्वरो र थकान र श्वासप्रश्वासमा अप्ठ्यारो भइरहेको छ ।

तपाईको प्रतिक्रिया